अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८
| Colorodo: 15:03
दक्षिण कोरियामा सरकार विरुद्ध भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका छन् । स्वास्थ्य अधिकारीको चेतावनीपछि पनि राजधानी सोलमा भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका हुन् ।
त्यहाँ हिजोमात्रै १ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गएको पाँच महिनामा एकैदिन कोरोना सङ्क्रमित धेरै थपिएको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ ।
सोल सहर प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लघंन हुने भन्दै प्रदर्शनको लागि अनुमति दिएको थिएन । राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा प्रदर्शन भएको खबरमा उल्लेख छ ।