विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ६९ हजार ४ सय बढीको ज्यान गएको छ । २ करोड १६ लाख ४१ हजार २ सय ८५ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख ५० हजार ३ सय ८१ जना उपचारपछि निको भएका छन् ।
संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७२ हजार ६ सय ३०, ब्राजिलमा १ लाख ७ हजार २ सय ९७, भारतमा ५० हजार १ सय २२ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ६ सय ८५, मेक्सिकोमा ५६ हजार ५ सय ४३, पेरुमा २६ हजार ७५ , कोलम्वियामा १४ हजार ८ सय १०, स्पेनमा २८ हजार ६ सय १७, ईरानमा १९ हजार ६ सय ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा ४१ हजार ३ सय ६१, पाकिस्तानमा ६ हजार १ सय ६८, बंगलादेशमा ३ हजार ६ सय ५७, ईटलीमा ३५ हजार ३ सय ९२ ,फ्रान्समा ३० हजार ४ सय ९, क्यानडामा ९ हजार २४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ३५ ,अफगानिस्तानमा १ हजार ३ सय ७५, माल्दिभ्समा २२, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ३८ जनामा संक्रमण देखिएको छ ।