अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 13:50

विश्वभर कोरोनाबाट ७ लाख ६४ हजार बढीको मृत्यु, १ करोड ४१ लाख ६८ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ साउन ३१ गते ६:३५ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ६४ हजार बढीको ज्यान गएको छ । २ करोड १३ लाख ८७ हजार ६ सय जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४१ लाख ६८ हजार ८ सय ४१ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७१ हजार ५ सय ५३, ब्राजिलमा १ लाख ६ हजार ५ सय ७१, भारतमा ४९ हजार १ सय ७१ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ६ सय १७, मेक्सिकोमा ५५ हजार ९ सय ८, पेरुमा २५ हजार ८ सय ५६ , कोलम्वियामा १४ हजार ४ सय ९२, स्पेनमा २८ हजार ६ सय १७, ईरानमा १९ हजार ४ सय ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ५८, पाकिस्तानमा ६ हजार १ सय ६२, बंगलादेशमा ३ हजार ६ सय २५, ईटलीमा ३५ हजार २ सय ३४ ,फ्रान्समा ३० हजार ४ सय ६, क्यानडामा ९ हजार २० जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय २४ ,अफगानिस्तानमा १ हजार ३ सय ६९, माल्दिभ्समा २२, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ३३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय