अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 08:01

रामसँग नेपालको सम्बन्ध जोडिएको छ – भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:४६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान रामसँग नेपालको सम्बन्ध जोडिएको बताउनुभएको छ । अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जानकी माता (सिता)को माध्यमबाट राम नेपालसँग जोडिएको बताउनुभएको हो ।

राम मन्दिर शिलान्यासको क्रममा प्रधानमन्त्री मोदीले नेपालको नाम लिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको दिन ‘राम’ नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो । ओलीको अभिव्यक्ति विवादित बनेको थियो।

राम मन्दिर शिलान्यासमा सहभागी हुन जानकी मन्दिरका महन्थसहितको नेपाली टोली पनि अयोध्या गएको छ। गत वर्ष भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेपछि विवादित उक्त स्थानमा राम मन्दिरको निर्माणको बाटो खुलेको थियो। सर्वोच्चले २०१९ नोभेम्बर ९ मा फैसला गर्दै विवादित जमिन हिन्दु पक्षलाई दिने फैसला गरेको थियो।

उक्त स्थानमा रहेको बाबरी मस्जिद सन् १९९२ मा हिन्दुहरुले भत्काएका थिए। त्यसपछि भारतमा फैलिएको हिन्दु–मुस्लिम दंगामा दुई हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय