अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९
| Colorodo: 08:04
मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।
मंगोलियामा नौ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सन्चित रहेको छ । बैंककाअनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सन्चित रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सन्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।