विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ३२ हजार ४ सय ७१ पुगेको छ। जसमध्ये ७ लाख ५ हजार ३३ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४९ लाख १८ हजार ७ सय ८९ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ६० हजार ३ सय २६ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २८ लाख ८ हजार ७६ जना संक्रमित भएकोमा ९६ हजार ९६ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १९ लाख १० हजार ६ सय ८१ जनामा संक्रमण भएकोमा ३९ हजार ८ सय ५६ जनाकोे ज्यान गएको छ।
रसियामा ८ लाख ६६ हजार ६ सय २७ जना संक्रमित भएका छन् भने १४ हजार ४ सय ९० जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ४९ हजार ८ सय ९४ संक्रमित भएकोमा २८ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ६ हजार २ सय ९३ संक्रमित भएकोमा ४६ हजार २ सय ९९ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३९ हजार ८ सय ९० रहेको छ भने २० हजार ७ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड १९ लाख ४५ हजार २३ जना निको भएका छन्।