अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 03:43

लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:१८ मा प्रकाशित

मलेसियाको उच्च अदालतले पूर्व प्रधानमन्त्री नजीब रजाकलाई १२ बर्षको जेल सजायँ तोकेपछी नजिब जेल चलान भएका छन् ।‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर भएपछि नजीब जेल चलान भएका हुन् ।

उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो ।नजिबले सो परियोजनाको कोषबाट १ करोड अमेरिकी डलर आफनो खातामा सारेको अदालतको ठहर छ । यद्दपी नजिबले भने आफुमाथिको अभियोग अस्विकार गर्दै आएका छन् ।

सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहँदा उक्त भ्रष्टाचार काण्ड सार्वजनिक भएपछी नजिबको सत्तारुढ पार्टी सन् २०१८ को अन्त्यमा भएको आमनिर्वाचनमा पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय