अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 00:58

कोभिड–१९ का कारण विश्वभर १ करोड ५९ लाख ७५ हजार २ सय बढी संक्रमित, ६ लाख ४३ हजार ४ सय ७६ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १० गते ७:२३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ५९ लाख ७५ हजार २ सय ६८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ४३ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९७ लाख ६६ हजार ८ सय ७३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४८ हजार ५ सय २१, ब्राजिलमा ८५ हजार ३ सय ८५, भारतमा ३१ हजार ४ सय ६४, रसियामा १३ हजार १ सय ९२, स्पेनमा २८ हजार ४ सय ३२, मेक्सिकोमा ४२ हजार ६ सय ४५, बेलायतमा ४५ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १५ हजार ४ सय ८४ , इटालीमा ३५ हजार ९७, फ्रान्समा ३० हजार १ सय ९२, जर्मनीमा ९ हजार २ सय १, क्यानडामा ८ हजार ८ सय ८१ र बेल्जियममा ९ हजार ८ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ७ सय ८७, बंगलादेशमा २ हजार ८ सय ७४ , अफगानिस्तानमा १ हजार २ सय ४८, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय