अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 22:11

अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना सङ्क्रमणको दर बढ्दै

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:३९ मा प्रकाशित

अमेरिकाको दक्षिणी राज्यहरुमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । दक्षिणी राज्यहरु फ्लोरिडा, टेक्सास र ऐरिजोनामा कोरोना भाइरसका कारण संङ्क्रमितको संख्या बढ्दै गएको हो । तीमध्ये पनि फ्लोरिडामा कोरोना सङ्क्रमणको दर सबैभन्दा धेरै देखिएको बीबीसीले लेखेको छ ।

पछिल्लो २४ घन्टामा ९० जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी मानिसहरु कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना संङ्क्रमण दर बढ्न थालेपछि ती राज्यहरुमा दोहोर्याएर लकडाउन जारी गर्नुको साटो मास्क लगाउन भने अनिवार्य गरिएको छ । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि मास्क लगाउने विषयमा बहस सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय