अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 18:23

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१३ मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १८ हजार ५ सय ५२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जुन एकैदिनमा थपिएको हालसम्मकै धेरै कोरोना सङ्क्रमितको संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख ९ हजार ७ सय ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ३ सय ८४ जनाको मृत्यु भएको छ । यो संख्यासँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ । भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ लाख ९६ हजार भन्दा बढी मानिसहरु स्वस्थ भएका छन् । भारत पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना महामारीको केन्द्रबिन्दु बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय