अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 17:51

कोभिड–१९ का कारण विश्वभर ४ लाख ८५ हजार १ सय ७६ को मृत्यु, ९५ लाख ३४ हजार ४ सय ३७ संक्रमित

बिआरटीनेपाल २०७७ असार ११ गते ०:५० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ८५ हजार १ सय ७६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९५ लाख ३४ हजार ४ सय ३७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५१ लाख ७९ हजार ७ सय ४७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५८ हजार ९२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २४ हजार २ सय ८२, इटालीमा ३४ हजार ६ सय ७५, स्पेनमा २८ हजार ३ सय २७ , फ्रान्समा २९ हजार ७ सय ३१, बेलायतमा ४३ हजार ८१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ९ सय ९६, जर्मनीमा ९ हजार ३ , बेल्जियममा ९ हजार ७ सय २२, ब्राजिलमा ५३ हजार ८ सय ७४ , रसियामा ८ हजार ५ सय १३ र क्यानडामा ८ हजार ४ सय ८४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १४ हजार ९ सय ७ , पाकिस्तानमा ३ हजार ९ सय ३, बंगलादेशमा १ हजार ५ सय ८२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६ सय ७५ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय