अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 15:00

कोभिड–१९ का कारण विश्वभर ४ लाख ८० हजार ५ सय ७९ को मृत्यु, ९३ लाख ९३ हजार ४ सय ७८ संक्रमित

बिआरटीनेपाल २०७७ असार १० गते ८:०२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ८० हजार ५ सय ६९ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९३ लाख ९३ हजार ४ सय ७८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५० लाख ७८ हजार ९ सय १३ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५८ हजार ५८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २३ हजार ५ सय , इटालीमा ३४ हजार ६ सय ७५, स्पेनमा २८ हजार ३ सय २५ , फ्रान्समा २९ हजार ७ सय २०, बेलायतमा ४२ हजार ९ सय २७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ९ सय ९६, जर्मनीमा ८ हजार ९ सय ८६ , बेल्जियममा ९ हजार ७ सय २२, ब्राजिलमा ५२ हजार ७ सय ८८ , रसियामा ८ हजार ५ सय १३ र क्यानडामा ८ हजार ४ सय ५४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १४ हजार ५ सय ६९ , पाकिस्तानमा ३ हजार ७ सय ५५, बंगलादेशमा १ हजार ५ सय ८२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६ सय ३९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय