महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ७५ हजार ६४ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९२ लाख २५ हजार ३ सय ८९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४९ लाख ६९ हजार ९ सय ३१ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ९ सय २५ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २२ हजार ६ सय ५९, इटालीमा ३४ हजार ६ सय ५७ , स्पेनमा २८ हजार ३ सय २४ , फ्रान्समा २९ हजार ६ सय ६३, बेलायतमा ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ८ सय ६३, जर्मनीमा ८ हजार ९ सय ६९ , बेल्जियममा ९ हजार ७ सय १३, ब्राजिलमा ५१ हजार ४ सय ७ , रसियामा ८ हजार ३ सय ५९ र क्यानडामा ८ हजार ४ सय ३६ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा १४ हजार २८, पाकिस्तानमा ३ हजार ६ सय ९५, बंगलादेशमा १ हजार ५ सय ४५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६ सय १८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६९ जनामा भाईरसको संक्रमण देखिएको छ ।