अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 14:54

भारत र चीन बीचको सीमा विवाद समाधानका लागि वार्ताको तयारी

बिआरटीनेपाल २०७७ असार ८ गते ६:२९ मा प्रकाशित

भारत र चीनबीच अनुमानित सीमालाई लिएर विवाद बढ्दै गएपछि वार्ताको तयारी गरिएको छ । अनुमानित सीमा रेखा (एलएसी) मा तनाव बढ्दै गएपछि समस्या समाधानका लागि भारत–चीनका सैन्य अधिकारीहरुबीच आज फेरि वार्ता हुने भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार दुबै देशका सैन्य अधिकारी स्तरीय बैठक चीनको मोल्डो क्षेत्रमा हुनेछ । बैठकमा भारतको तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले नेतृत्व गर्नुहुनेछ भने चीनको तर्फबाट मेजर जनरल लियु लिनले नेतृत्व गर्नुहुनेछ ।

गलवान घाँटीमा दुई देशबीच भएको झडपमा दुबै देशका सैन्य अधिकारीहरु मारिएपछि तनाव उत्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय