महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ७१ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९० लाख ७२ हजार ७ सय ३५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४८ लाख ५५ हजार १ सय ५६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ७ सय ६४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका अमेरिकामा १ लाख २२ हजार २ सय ४९, इटालीमा ३४ हजार ६ सय ३४ , स्पेनमा २८ हजार ३ सय २३ , फ्रान्समा २९ हजार ६ सय ४०, बेलायतमा ४२ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ७ सय ४२, जर्मनीमा ८ हजार ९ सय ६२ , बेल्जियममा ९ हजार ६ सय ९६, ब्राजिलमा ५० हजार ६ सय ५९, रसियामा ८ हजार २ सय ६ र क्यानडामा ८ हजार ४ सय ३० जनाको ज्यान गएको छ।ल
कोरोना संक्रमणका कारण भारतमा १३ हजार ७ सय ३, पाकिस्तानमा ३ हजार ५ सय ९०, बंगलादेशमा १ हजार ५ सय २ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ९८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६८ जनामा भाईरसको संक्रमण देखिएको छ ।