अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५
| Colorodo: 13:50
साउदी अरब सरकारले मुलुकभर लगाइएको कर्फ्यु हटाएको छ । साउदी अरब सरकारका अनुसार आजदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु भएका छन् । तर, अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ ।
साउदी अरबमा जुलाईमा शुरु हुने हजयात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेशियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरु मक्का सहर जाने गर्छन् ।