महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६२ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८७ लाख ६५ हजार ३ सय ६७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४६ लाख २७ हजार ८ सय ३४ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ७ सय ९६ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका अमेरिकामा १ लाख २१ हजार ४ सय ७, इटालीमा ३४ हजार ५ सय ६१ , स्पेनमा २८ हजार ३ सय १५ , फ्रान्समा २९ हजार ६ सय १७, बेलायतमा ४२ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ३ सय ९२, जर्मनीमा ८ हजार ९ सय ६० , बेल्जियममा ९ हजार ६ सय ९५, ब्राजिलमा ४९ हजार ९०, रसियामा ७ हजार ८ सय ४१ र क्यानडामा ८ हजार ३ सय ४६ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा १२ हजार ९ सय ७०, पाकिस्तानमा ३ हजार ३ सय ८२, बंगलादेशमा १ हजार ३ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ४८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६८ जनामा भाईरसको संक्रमण देखिएको छ ।