अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 07:42

कोभिड–१९ का कारण विश्वभर ४ लाख ३६ हजार १ सय ६७ को मृत्यु, ८० लाख २० हजार १ सय ३८ संक्रमित

बिआरटीनेपाल २०७७ असार १ गते ७:१२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ३६ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८० लाख २० हजार १ सय ३८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४१ लाख ४१ हजार ३ सय ७४ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ४ सय ६८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १७ हजार ८ सय ५९, इटालीमा ३४ हजार ३ सय ४५ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ४ सय ७ , बेलायतमा ४१ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ९ सय ५०, जर्मनीमा ८ हजार ८ सय ७३ , बेल्जियममा ९ हजार ६ सय ६१, ब्राजिलमा ४३ हजार ३ सय ८९, रसियामा ७ हजार ९१ र क्यानडामा ८ हजार १ सय ४६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ९ हजार ५ सय २४, पाकिस्तानमा २ हजार ७ सय २९, बंगलादेशमा १ हजार २ सय ९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ७६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय