महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ३२ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७८ लाख ९७ हजार ४ सय ५५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४० लाख ५७ हजार ८ सय १२ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार १ सय ५२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १७ हजार ५ सय ३३, इटालीमा ३४ हजार ३ सय १ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय ९८ , बेलायतमा ४१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ८ सय ३७, जर्मनीमा ८ हजार ८ सय ६७ , बेल्जियममा ९ हजार ६ सय ५५, ब्राजिलमा ४२ हजार ७ सय ९१, रसियामा ६ हजार ९ सय ४८ र क्यानडामा ८ हजार १ सय ७ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण भारतमा ९ हजार २ सय ६, पाकिस्तानमा २ हजार ६ सय ३२, बंगलादेशमा १ हजार १ सय ७१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ७१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६६ जनामा भाईरसको संक्रमण देखिएको छ ।