अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

जापानको संसदमा ३ सय अर्ब अमेरिकी डलर बराबरको आपतकालीन बजेट पारित

बिआरटीनेपाल २०७७ जेठ २८ गते २१:५५ मा प्रकाशित

जापानको संसदले करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोना भाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो । विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापानमा कोरोना महामारीका कारण उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ ।

सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ । बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू