अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 05:12

कोभिड–१९ का कारण विश्वभर ४ लाख ९ हजार ३ सय २२ को मृत्यु, ७२ लाख २६ हजार ८ सय ६३ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २७ गते ७:२४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६ हजार ५ सय ६४ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७१ लाख १४ हजार ८ सय ६१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३५ लाख ५९ हजार ८ सय ९७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ८ सय ३० जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १३ हजार १ सय ६, इटालीमा ३३ हजार ९ सय ६४ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार २ सय ९ , बेलायतमा ४० हजार ५ सय ९७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ४ सय २५, जर्मनीमा ८ हजार ८ सय १ , बेल्जियममा ९ हजार ६ सय १९, ब्राजिलमा ३७ हजार ३ सय १२, रसियामा ६ हजार १ सय ४२ र क्यानडामा ७ हजार ८ सय ३५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ७ हजार ८ सय ८१ , पाकिस्तानमा २ हजार १ सय ७२, बंगलादेशमा ९ सय ७५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ८४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय