अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८
| Colorodo: 05:13
न्युजिल्याण्डमा कोरोना भाइरस कोभिड–१९ का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो ।
न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले विज्ञप्ति निकालेर यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताउनुभयो । न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।
न्युजिल्याण्डमा १ हजार ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो ।