अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 05:09

कोभिड–१९ का कारण विश्वभर ४ लाख २ हजार ६ सय ६६ को मृत्यु, ७० लाख ४ हजार ८ सय २५ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २५ गते ६:४७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख २ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७० लाख ४ हजार ८ सय २५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३४ लाख २६ हजार १ सय ४९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ६ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १२ हजार ९९, इटालीमा ३३ हजार ८ सय ४६ , स्पेनमा २७ हजार १ सय ३५ , फ्रान्समा २९ हजार १ सय ४२ , बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार २ सय ८१, जर्मनीमा ८ हजार ७ सय ६९ , बेल्जियममा ९ हजार ५ सय ९५, ब्राजिलमा ३६ हजार ४४, रसियामा ५ हजार ८ सय ५९ र क्यानडामा ७ हजार ७ सय ७३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ९ सय ५४ , पाकिस्तानमा २ हजार २, बंगलादेशमा ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ५७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय