अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 11:02

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमानेको संख्या ३ लाख १३ हजार २ सय २० पुग्यो, ४७ लाख २० हजार १ सय ९६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ३ गते २१:५१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख १३ हजार २ सय २० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ४७ लाख २० हजार १ सय ९६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १८ लाख ११ हजार ६ सय ७४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९० हजार १ सय १३ , इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३ , फ्रान्समा २७ हजार ६ सय २५ , बेलायतमा ३४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ९ सय ३७, जर्मनीमा ८ हजार २७ र बेल्जियममा ९ हजार ५, ब्राजिलमा १५ हजार ६ सय ६२, रसियामा २ हजार ५ सय ३७ र क्यानडामा ५ हजार ६ सय ७९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ८ सय ७१ , पाकिस्तानमा ८ सय ३४ , बंगलादेशमा ३ सय १४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ६८, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ९१ र भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय