अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 08:11

मेक्सिकोमा बिषालु रक्सि सेवन गरेर ४२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ १ गते ७:०५ मा प्रकाशित

मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना गम्भीर बिरामी परेका अधिकारीहरुले बताएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मदिरा सेवन गरेपछि ती मानिसहरूमा वान्ता गर्ने र टाउको दुख्ने समस्या भएको थियो । गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय