अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९
| Colorodo: 18:14
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथों चरणको बन्दाबन्दीको घोषणा गर्ने तयारी गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चौथों चरणको बन्दाबन्दी १८ मे देखि लागू गरिने बताउनुभयो ।
उहाँले चौथों चरणको बन्दाबन्दीको स्वरुपको बारेमा १७ मेमा जानकारी दिइने भन्दै कोरोना प्रभावितका लागि २ सय लाख करोड रुपैयाँको राहत प्याकेजको पनि घोषणा गर्नुभयो ।
दक्षिणपूर्वी एसियाली मुलुक भारत पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । हालसम्म भारतमा कोरोना भाइरसका कारण ७० हजारभन्दा बढी संक्रमित भएका छन् भने २२ सयभन्दा बढीको मृत्यु भएको छ ।
