महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर २ लाख ९२ हजार ८ सय ९३ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४३ लाख ४२ हजार ३ सय ४५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १६ लाख २ हजार ४ सय ४१ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८३ हजार ४ सय २५ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ९ सय ११, स्पेनमा २६ हजार ९ सय २० , फ्रान्समा २६ हजार ९ सय ९१ , बेलायतमा ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ७ सय ३३, जर्मनीमा ७ हजार ७ सय ३८ र बेल्जियममा ८ हजार ७ सय ६१, ब्राजिलमा १२ हजार ४ सय ६१, रसियामा २ हजार १ सय १६ , क्यानडामा ५ हजार १ सय ६९ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ४ सय १५ , पाकिस्तानमा ७ सय ३७ , बंगलादेशमा २ सय ५० जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय २७, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय १७ र भुटानमा ११ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।
