अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

भारतमा रेल सेवा सञ्चालनमा

बिआरटीनेपाल २०७७ वैशाख ३० गते ७:४२ मा प्रकाशित

भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुबहाक रेल सेवा आजदेखि सञ्चालन गरेको छ । केन्द्र सरकारको यो निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् । भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएको पछि रेललगायत सार्वजनिक यातायात पनि पूर्ण रुपमा बन्द हुन भएका थिए । तर, लकडाउन खुकुलो बन्ने क्रमसँगै रेल सेवा सञ्चालन गर्न लागिएको हो । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुने गरि तयारी भएको छ । टिकट पक्का भएका र कोरोना भाइरसको लक्षण नभएका यात्रुहरुले मात्र यात्रा गर्न पाउने भनिएपनि यसबाट जोखिम हुन सक्ने भन्दै सरकारी निर्णयको आलोचना भने सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय