अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६
| Colorodo: 19:01
हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा भएको सैन्य अभ्यासमा आफैँले हानेको मिसाइलले १९ इरानी सैनिकको मृत्यु भएको छ । सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको थियो ।
