अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

कोभिड १९ का कारण विश्वका बिभिन्न मुलुकमा गरिएको बन्दाबन्दी खुकुलो पारिदै

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५३ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको यूरोपका अधिकांश मुलुकमा बन्दाबन्दी खुकुलो बनाउन थालिएको छ । युरोपका विभिन्न मुलुकहरुमा गरि हालसम्म कोरोना भाइरसका कारण १६ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाखभन्दा बढीको मृत्यु भएको छ । युरोपको सबैभन्दा बढी प्रभावित बेलायत, इटली, फ्रान्स, स्पेन लगायतका मुलुकमा बन्दाबन्दी खुकुलो बनाइएको छ ।

कोरोना भाइरसका कारण प्रभावित मुलुकहरुमा विस्तारै विद्यालय, पार्क, रेस्टुरेन्ट, सिनेमा हल, बजार, किनमेल केन्द्र खोलिएको छ । बन्दाबन्दी खुलुकलो बनाइएपनि सबैलाई सावधानी अपनाउन र सामाजीक भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ ।

यसैबीच, कोभिड १९ कारण रुसमा गरिएको लकडाउन पनि अब खुकुलो हुँँदै जाने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशव्यापी भएको बन्दाबन्दी सहज हुँदै जाने र व्यवसायहरु सुचारु हुने बताउनुभएको छ ।

लकडाउनले देशको अर्थतन्त्रलाइ असर पारेको भन्दै पुटिनले प्रतिबन्धहरु खुकुलो हुँदै जाने तर प्रभावित क्षेत्रमा भने कडाइ नै रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय