महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ८० हजार ९ सय ८६ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४१ लाख २६ सय ८ सय ७० ८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १४ लाख ५३ हजार ३ सय ६३ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८० हजार ४४ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ६ सय २१ , फ्रान्समा २६ हजार ३ सय १० , बेलायतमा ३१ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ६ सय ४०, जर्मनीमा ७ हजार ५ सय ४९ र बेल्जियममा ८ हजार ६ सय ५६, ब्राजिलमा १० हजार ६ सय ५६, रसियामा १ हजार ९ सय १५, क्यानडामा ४ हजार ६ सय ९३ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार १ सय ९ , पाकिस्तानमा ६ सय ३९ , बंगलादेशमा २ सय २८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय २०, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय १० र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।