अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 05:40

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ८० हजार ४ सय ३२ जनाको मृत्यु, ४१ लाख ७ सय ८८ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २१:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ८० हजार ४ सय ३२ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४१ लाख ७ सय ८८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १४ लाख ४१ हजार ४ सय ७८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८० हजार ३७ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ४ सय ७८ , फ्रान्समा २६ हजार ३ सय १० , बेलायतमा ३१ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ५ सय ८९, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार ५ सय ४९ र बेल्जियममा ८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार १ सय १ , पाकिस्तानमा ६ सय ३६ , बंगलादेशमा २ सय १४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय १५, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय १० र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय