अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

कोरोना विरुद्धको लडाईंमा जापानले अमेरिकासँग सहकार्य गर्ने

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २२:१८ मा प्रकाशित

जापान सरकारले कोरोना विरुद्धको लडाईंमा अमेरिकासँग सहकार्य गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिञ्जो आवेले कोरोना विरुद्धको लडाईंमा सहकार्य गर्ने सहमति जनाएका हुन् । यस्तै जापान सरकारले कोरोना भाइरसको उपचारका लागि रेमडिसिभर औषधिलाई प्रयोग गर्न स्विकृति दिएको छ ।

जापानले फास्ट ट्रयाकबाट निर्णय गर्दै रेमडिसिभरलाई कोरोना भाइरसको उपचारका लागि अनुमति दिएको हो । यसअघि अमेरिकाको फूड एण्ड ड्रग एडमिनिष्ट्रेशनले रेमडिसिभरलाई कोरोनाको उपचारका लागि अनुमति दिएको थियो । जापानमा हालसम्म कोरोनाका कारण १५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोविड–१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हप्किन्सका अनुसार हालसम्म कोरोनाका कारण २ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित मध्ये १३ लाख ७७ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय