महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ७० हजार ७ सय ११ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३९ लाख ४६ हजार १ सय १८ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७६ हजार ९ सय ४८ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ९ सय ९८, स्पेनमा २६ हजार २ सय ९९ , फ्रान्समा २५ हजार ९ सय ८७ , बेलायतमा ३० हजार ६ सय १५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ५ सय ४१, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार ३ सय ९२ र बेल्जियममा ८ हजार ५ सय २१ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ८ सय ९५ , पाकिस्तानमा ५ सय ९९ , बंगलादेशमा २ सय ६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ६, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय २ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।