अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 02:06

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ७० हजार ७ सय ११ जनाको मृत्यु, १३ लाख ४३ हजार ५४ उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २५ गते २१:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ७० हजार ७ सय ११ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३९ लाख १६ हजार ३ सय ३८ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७६ हजार ९ सय २८ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ९ सय ९८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९ सय ८७ , बेलायतमा ३० हजार ६ सय १५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ४ सय ८६, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार ३ सय ९२ र बेल्जियममा ८ हजार ४ सय १५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ८ सय ८९ , पाकिस्तानमा ५ सय ८५ , बंगलादेशमा १ सय ९९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ६, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय १ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय