अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 02:01

कोरोनाको बारेमा अध्ययन गरिरहेका चिनिया नागरिकको अमेरिकामा गोली हानी हत्या

बिआरटीनेपाल २०७७ वैशाख २५ गते ७:३६ मा प्रकाशित

कोरोना भाइरसको विषयमा अनुसन्धान गरिरहेका एक जना अध्ययनकर्ताको गोली हानी हत्या गरिएको छ । ३७ वर्षका बिङ्ग ली नामक चीनियाँ नागरिकको अमेरिकामै गोली हानी हत्या गरिएको हो । ली अमेरिकाको यूनिभर्सिटी अफ पीट्सबर्गको स्कूल अफ मेडिसीन विभागमा प्राध्यापक थिए ।

उनीसँगै काम गर्ने अध्ययनकर्ताहरुका अनुसार ली कोविड–१९ को विषयमा निकै महत्वपूर्ण अध्ययन गरिरहेको र नतिजाको नजिक पुगेको बताएका छन् । स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा लीको टाउको, घाँटी, पेट, हात र खुटामा गोली प्रहार गरिएको छ । लीको हत्या किन गरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय