अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 02:09

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ६५ हजार ९ सय २ जनाको मृत्यु, १३ लाख १६ हजार ८ सय ९६ उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २५ गते ७:३५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ६५ हजार ९ सय २ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १३ लाख १६ हजार ८ सय ९६ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३८ लाख ४८ हजार ९ सय १२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७४ हजार ८ सय १३ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ८ सय ९ , बेलायतमा ३० हजार ७६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ४ सय ८६, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार २ सय ७७ र बेल्जियममा ८ हजार ४ सय १५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ७ सय ८७ , पाकिस्तानमा ५ सय ६४ , बंगलादेशमा १ सय ८६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ६, श्रीलंकामा ९ र माल्दिभ्स्मा २ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ९९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय