अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६
| Colorodo: 08:31
कोरोना भाइरस कोभिड १९ का कारण युरोपका देशहरूमध्ये बेलायतमा सबैभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ । बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा पछिल्लो पटक इटालीको भन्दा पनि धेरै मानिसहरूको मृत्यु भएको हो । इटालीको तुलनामा बेलायतमा १० प्रतिशत जनसङ्ख्या धेरै छ ।
इटालीले बेलायतले भन्दा पनि बढि परीक्षण गरेर सर्तकता अपनाइरहेको छ तर बेलायतमा कति मानिसहरूको मृत्यु बढिरहेको छ भन्ने बारेमा खोजी भएको बीबीसीले लेखेको छ । इटालीमा पनि २९ हजार ३ सय को मृत्यु भएको छ ।
यसैबीच, अमेरिकामा एकै दिन २ हजार ३ सय २० जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार २ सय पुगेको छ । अमेरिकामा सङ्क्रमित भने १२ लाख ३६ हजार नाघेका छन् ।
