अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ५८ हजार ३ सय २७ जनाको मृत्यु, १२ लाख ४१ हजार ९ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २३ गते २१:४९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ५८ हजार ३ सय २७ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १२ लाख ४१ हजार ९ सय ३१ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३७ लाख २७ हजार ३ सय १ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७२ हजार २ सय ७१ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३१, बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ३ सय ४०, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ९ सय ९३ र बेल्जियममा ८ हजार १६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ६ सय ९३ , पाकिस्तानमा ५ सय १४ , बंगलादेशमा १ सय ८३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९५, श्रीलंकामा ९ र माल्दिभ्स्मा २ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ८२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय