अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ५२ हजार ९ सय ५० जनाको मृत्यु, १२ लाख ६ हजार ३ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:२६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ५२ हजार ९ सय ५० जनाको ज्यान गएको छ । कोरोना संक्रमित १२ लाख ६ हजार ३ सय १४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३६ लाख ६५ हजार ४ सय १८ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ६९ हजार ९ सय २५ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ७९, स्पेनमा २५ हजार ४ सय २८, फ्रान्समा २५ हजार २ सय १, बेलायतमा २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ३ सय ४०, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ९ सय ९३ र बेल्जियममा ८ हजार १६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ५ सय ७१ , पाकिस्तानमा ४ सय ८६ , बंगलादेशमा १ सय ८३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९५, श्रीलंकामा ८ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ८२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय