अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन युरोपेली देशका शीर्ष नेता सहमत

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:२५ मा प्रकाशित

विश्वका बिभिन्न देशका शीर्ष नेताहरु कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत भएका छन् । यूरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब डलर सहयोगको घोषणा गरेको छ । सहयोग गर्नेमा राष्ट्रसंघ, दातृ निकायलगायतका ३० भन्दा बढी मुलुक छन् । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५ सय मिलियन यूरो, जापानले ८ सय मिलियन डलर दिने बचन दिएको छ ।

दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको छ । यूरोपियन यूनियनको पहलमा आयोजित अनलाइन सम्मेलनमा विभिन्न ४० मुलुक र दाताहरुले भाग लिएका थिए । अमेरिका र रुसले भने सम्मेलनमा भाग नलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय