अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 23:37

कोरोनाको उत्पति प्राकृतिक रुपमै – विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७७ वैशाख १९ गते २१:४१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुअएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गर्नुभएको हो ।

गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान पुर्याउन खोजेको प्रतिक्रिया दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको बताउनुभएको थियो ।

ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो । शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय