अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 23:28

कोभिड १९ मानब निर्मित भए नभएबारे थप अनुसन्धान जारी

बिआरटीनेपाल २०७७ वैशाख १८ गते २२:१३ मा प्रकाशित

अमेरिकी गुप्तचर निकायले कोभिड १९ मानब निर्मित भए नभएबारे थप अनुसान्धान गरिरहेको बताएको छ । अमेरिकी गुप्तचर निकायले संभवत यो भाइरस मानब निर्मित होइन भनेको छ यद्यपी जनावरबाट उत्पत्ति भएनभएको बारेमा पनि अध्ययन भैरहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रिय खुफिया प्रमुखको कार्यालयका अनुसार कोभिड १९ प्रयोगशालाको दुर्घटनाको उपज हो होइन अनुसन्धान भैरहेको छ । यस अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफै भाइरस निर्माण गरेको आरोप लगाउनुभएको थियो, जसको चीनले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय