महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख २८ हजार ८ सय ७२ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ३२ लाख ४० हजार ३८ जना संक्रमित भएका छन् ।कोरोना संक्रमित १० लाख १० हजार ७ सय २१ जना उपचारपछि निको भएका छन्।
पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६१ हजार ६ सय ८० जनाको ज्यान गएको छ भने १० लाख ६४ हजार ८ सय १९ जनामा संक्रमण भेटिएको छ । इटालीमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ भने २ लाख ३ हजार ५ सय ९१ जना संक्रमित छन् । स्पेनमा २४ हजार २ सय ७५ जनाको ज्यान जाँदा २ लाख ३६ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा २४ हजार ८७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यसैगरी संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय २० रहेको छ । बेलायतमा २६ हजार ९७ जनाको ज्यान गएको छ र १ लाख ६५ हजार २ सय २१ जनामा संक्रमण देखिएको छ । इरानमा ६ हजार २८ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ६ हजार ४ सय ४७ र बेल्जियममा ७ हजार ५ सय ९४ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ७९ जनाको ज्यान गएको छ भने ३३ हजार ६ सय १० जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ३ सय ५८ जनाको ज्यान जाँदा १६ हजार २९ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
बंगलादेशमा १ सय ६८ जनाको ज्यान जाँदा ७ हजार ६ सय ६७ जना संक्रमित छन् । अफगानिस्तानमा ६४ जनाको मृत्यु हुँदा २ हजार १ सय ७१ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ६ सय ४९ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ भने ३ सय १ जना संक्रमित छन् । नेपालमा ५७ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ ।