अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 23:10

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख २८ हजार २ सय १५ जनाको मृत्यु, ३२ लाख २० हजार १ सय ४८ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १७ गते २१:५३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख २८ हजार २ सय १५ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ३२ लाख २० हजार १ सय ४८ जना संक्रमित भएका छन् ।कोरोना संक्रमित १० लाख ३ सय ३ जना उपचारपछि निको भएका छन्।

पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६१ हजार ६ सय ६८ जनाको ज्यान गएको छ भने १० लाख ६४ हजार ५ सय ३३ जनामा संक्रमण भेटिएको छ । इटालीमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ भने २ लाख ३ हजार ५ सय ९१ जना संक्रमित छन् । स्पेनमा २४ हजार २ सय ७५ जनाको ज्यान जाँदा २ लाख ३६ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २४ हजार ८७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यसैगरी संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय २० रहेको छ । बेलायतमा २६ हजार ९७ जनाको ज्यान गएको छ र १ लाख ६५ हजार २ सय २१ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ९ सय ५७ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ६ हजार ४ सय ४७ र बेल्जियममा ७ हजार ५ सय १ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ७८ जनाको ज्यान गएको छ भने ३३ हजार ६२ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ३ सय ४३ जनाको ज्यान जाँदा १५ हजार ५ सय २५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा १ सय ६३ जनाको ज्यान जाँदा ७ हजार १ सय ३ जना संक्रमित छन् । अफगानिस्तानमा ६० जनाको मृत्यु हुँदा १ हजार ९ सय ३९ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ६ सय ४९ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना संक्रमित छन् । नेपालमा ५७ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय