अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 20:30

स्पेनमा लगाइएको बन्दाबन्दी ४ चरणमा हटाइने

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:०९ मा प्रकाशित

स्पेनमा लगाइएको बन्दाबन्दी ४ चरणमा हटाइने भएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनमा लगाइएको बन्दाबन्दीलाई मेदेखि जुन महिनाको अन्त्यसम्म गरि ४ चरणमा हटाइने तयारी गरिएको बताउनुभयो । उहाँले प्रत्येक क्षेत्रमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै फरक फरक तरिकाले बन्दाबन्दीलाई हटाइने बताउनुभयो ।

इटलीपछि युरोपमा सबैभन्दा बढी मानवीय क्षति स्पनेमा भएको छ । हालसम्म त्यहाँ कोरोनाका कराण २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू