अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 20:19

भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल

बिआरटीनेपाल २०७७ वैशाख १४ गते २१:५९ मा प्रकाशित

भारतमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको छ । राजधानी दिल्लीका ४९ वर्षका एक जना कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी स्वस्थ भएर घर फर्किएका छन् ।

४ अप्रिलमा कोरोना पुष्टि भएका ती व्यक्तिको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ८ अप्रिलमा भेन्टिलेटरमा राखिएको थियो । परिवारका सदस्यले गरेको आग्रहपछि डाक्टरहरुले उनलाई १४ अप्रिलमा प्लाज्मा थेरापी दिएका थिए । भारतमै पहिलोपटक प्लाज्मा थेरापी दिइएको उनी हिजो साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू