महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ६ हजार ९ सय ९४ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ८ लाख ७८ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २९ लाख ९४ हजार ७ सय ९५ जना संक्रमित भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ५५ हजार ४ सय १३ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार १ सय ६० जनामा संक्रमण भेटिएको छ । १ लाख १८ हजार ७ सय ८१ जना उपचारपछि निको भएका छन् । इटालीमा २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार ६ सय ७५ जना संक्रमित हुँदा ६४ हजार ९ सय २८ उपचारपछि घर फर्किएका छन् । स्पेनमा २३ हजार १ सय ९० जनाको ज्यान जाँदा २ लाख २६ हजार ६ सय २९ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा २२ हजार ८ सय ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ६२ हजार १ सय जनामा संक्रमण फेला परेको छ । बेलायतमा २० हजार ७ सय ३२ जनाको ज्यान गएको छ र १ लाख ५२ हजार ८ सय ४० जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ७ सय १० र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ९ सय ७६ र बेल्जियममा ७ हजार ९४ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ८ सय ८१ जनाको ज्यान गएको छ भने २७ हजार ८ सय ९० जनामा संक्रमण देखिएको छ । त्यहाँ ६ हजार ५ सय २३ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ८१ जनाको ज्यान जाँदा १३ हजार ३ सय २८ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ९ सय ३६ रहेको छ ।
बंगलादेशमा १ सय ४५ जनाको ज्यान जाँदा ५ हजार ४ सय १६ जना संक्रमित छन् । अफगानिस्तानमा ५० जनाको मृत्यु हुँदा १ हजार ५ सय ३१ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ५ सय २३ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा २ सय १४ , नेपालमा ५२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।