अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७
| Colorodo: 20:32
चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य टोली पठाएको जनाइएको छ।
पछिल्लो समय उत्तर कोरियाली नेता किमको स्वास्थ्य हालै गरिएको मुटुको शल्यक्रियापछि अवस्था जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भएका थिए। अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उहाँको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आइएको थियो।
यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ।