अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 17:49

लकडाउनका बेला नमाज पढ्न मुस्लिमहरु मस्जिदमा भेला

बिआरटीनेपाल २०७७ वैशाख १२ गते ६:५१ मा प्रकाशित

विश्वव्यापी महामारीको जोखिमलाई ध्यानमा राखी विभिन्न मुलुकमा गरिएको लकडाउनलाई मिच्दै मानिसहरु भेला भएका छन् । आजबाट सुरुभएको मुश्लिम धर्माबलम्बीहरुको पर्व रमजानको अवसरमा मानिसहरु नमाज पढ्नका लागि मस्जिदमा भेला भएका छन् ।

इन्डानेसिया, पाकिस्तान, कतार, सउदी अबर, इरान सहित मुश्लिम बाहुल्यता रहेको देशमा आजबाट रमजानका लागि मस्जिदमा मानिसहरु भेला भएर नमाज पढेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् । पाकिस्तानमा भने रमजानका लागि मस्जिद खुला गर्ने सरकारले नै निर्णय गरेको छ ।

विश्वभर फैलिएको महामारीबाट जोगिन सामाजिक दूरी कायम राख्न भन्दै विश्व स्वास्थ्य संगठन सहित विभिन्न वैज्ञानिकहरुले भनेपनि मानिसहरुले त्यसको अवज्ञा गरेका छन् । ती देशमा झन् बढी कोरोनाको जोखिम बढ्न सक्ने भएकाले संगठनले सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू